६ सहसचिवको सरुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

६ सहसचिवको सरुवा


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालय विशेष स्रोतका अनुसार आज सोमबार बिहान विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत सहसचिवहरूलाई प्रदेश तथा मन्त्रालयमा सरुवा गरेको हो ।

मन्त्रालयकाअनुशार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक दीपक काफ्लेलाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशमा सरुवा गरिएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूमिराज शर्मालाई अर्थ मन्त्रालयमा ल्याइएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नम्बर ५ का सचिव शङ्कर प्रसाद खरेललाई सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेश पठाइएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका हरि प्रसाद लम्साललाई मुख्यमन्त्री कार्यालय हेटौडामा सरुवा गरिएको छ । सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेशका सचिव गोकर्णमणि दुवाडीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई आइतबार(हिजो) मात्रै सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस