कोरोनाले मृत्यु भएकी महिलाको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोनाले मृत्यु भएकी महिलाको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ


५ जेष्ठ २०७७, सोमबार


काठमाडौं । कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण गरिएकोमा सबैजनाको नेगेटिभ रिपोर्ट आएको छ ।

धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा गरिएको कोरोना परीक्षणमा कसैलाई पनि संक्रमण नपाइएको बताएका छन् ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । घर पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । त्यहाँबाट पनि उनलाई धुलिखेल ल्याइएको थियो । बिहीबार उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस