बारामा पनि एक पत्रकारलाई संक्रमण, नेपालमा कोरोेना संक्रमित पत्रकारको संख्या ५ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बारामा पनि एक पत्रकारलाई संक्रमण, नेपालमा कोरोेना संक्रमित पत्रकारको संख्या ५ पुग्यो


५ जेष्ठ २०७७, सोमबार


काठमाडौं । बारामा पनि एक पत्रकारलाई कोरोना संक्रमण भएको छ । सोमबार कोरोना पुष्टि भएका बाराका एक जना पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । उनी बाराका पाँचौं संक्रमित हुन् ।

यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपालभर जम्मा कोरोना संक्रमित ३०४ पुगेका छन् । एक सुत्केरीसहित दुई जनाको कोरोनको कारण मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस