कोठा भाडामा बस्नेलाई जबरजस्ती निकाले कारबाही गर्ने गृहको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोठा भाडामा बस्नेलाई जबरजस्ती निकाले कारबाही गर्ने गृहको चेतावनी


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले कोरोना सङ्क्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ ।

घर भाडामा बस्ने तथा दिउँसो ड्युटी गरेर फर्कने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोक्ने र घरबाटै निस्कन धम्की दिने जस्ता गुनासो आएको भन्दै गृहले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले लकडाउन लगाएयता विभिन्न जिल्लामा कोठा भाडामा बसेकालाई निस्कन दबाब दिने, कामबाट बेलुका घर फर्केकालाई प्रवेश नदिने, बाटोमा अनधिकृत रूपमा प्रवेश निषेध भन्दै बार लगाउने जस्ता गतिविधि तत्काल नियन्त्रण गर्न देशभरका प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता केदारनाथ शर्माले बताए ।

यस्ता गतिविधिमा संलग्नहरूलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्न सकिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस