नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा, भोटिङ खुल्ला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा, भोटिङ खुल्ला


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ ।

फाइनलमा हरेक प्रतियोगीले दुई-दुई वटा गीत गाउने छन् र दुई घण्टाका बिच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औँ संस्करणको विजेता घोषणा हुनेछन् ।

कोभिड-१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ ।

सन् २०१४ मा अमेरिका पुगेका उनको स्टेज नेम ‘आर्थन गन’ हो ।

दिवेशसँगै डिलन जेम्स, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन र जस्ट स्याम फाइनलमा पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस