डाक्टरमाथि गरिएको व्यवहारले कर्मचारीलाई हतोत्साहित र त्रसित बनायो -निजामती कर्मचारी युनियन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डाक्टरमाथि गरिएको व्यवहारले कर्मचारीलाई हतोत्साहित र त्रसित बनायो -निजामती कर्मचारी युनियन


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)ले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि सुरक्षा जाँचका नाममा गरिएको व्यवहारले आम कर्मचारीलाई हतोत्साही र त्रसित बनाएको जनाएको छ ।

कोरोना रोकथामका लागि आवश्यक सामाग्री लिन काठमाडौँ आउँदै गरेको अवस्थामा काठमाडौँको थानकोट नाकामा अनधिकृत व्यक्तिबाट सुरक्षा जाँच गर्ने निहुँमा गरिएको निन्दनीय र अशोभनीय व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै युनियन(सङ्घ)ले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

‘विश्व महामारीका रूपमा फैलिएको कोरोना महामारीको विपद्मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु अग्रमोर्चामा खटिरहेको अवसरमा नागरिकको जीउ ज्यानको रक्षाका लागि खटिने महत्त्वपूर्ण व्यक्तिलाई थप सेवा सुविधा तथा साथ, सहयोग र समर्थन उपलब्ध गराउनु पर्ने बेलामा गरिएको निकृष्ट व्यवहार किमार्थ योग्य हुन सक्दैन’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट भएको त्यस्तो हर्कत फेरी दोहोरिन नदिन र आम कर्मचारीको मनोबल कमजोर हुने वातावरण हुन नदिन उक्त घटनाको यथार्थ छानबिन गरी दोषी उपर कडा कारबाही गर्न निजामती कर्मचारी युनियन(सङ्घ) सरकारसँग जोडदार माग गर्दछ’

Tags :
प्रतिक्रिया दिनुहोस