थप ३ जनामा कोरोना, मोरङ र धनकुटामा पनि सङ्क्रमण पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप ३ जनामा कोरोना, मोरङ र धनकुटामा पनि सङ्क्रमण पुष्टि


४ जेष्ठ २०७७, आइतबार


विराटनगर । प्रदेश १ का दुई जिल्लाका गरी तीन जनामा कोरोना(कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई जना मोरङ विराटनगरका र एक जना धनकुटाका छन् ।

उनीहरूको स्वाब नमुना परीक्षण गर्दा सङ्क्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका तीन जनासहित प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरू कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस