सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल र सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा राख्ने निर्णय गरेको हो ।

अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेकोले पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस