थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे


४ जेष्ठ २०७७, आइतबार


काठमडामौँ । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७:१५ बजे अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ पुष्टी भएसंगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।

नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस