कोरोना भाईरसबाट नेपालमा पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाईरसबाट नेपालमा पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि


३ जेष्ठ २०७७, शनिबार


 

काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आई स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरे । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोलीसमेत पठाएको थियो । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।

मृतकको शव नेपाली सेना र प्रहरीको टोलीले दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याएको छ।

प्रतिक्रिया दिनुहोस