सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शनिबार काठमाडौँ आइपुगेको छ ।

सेनाले सरकार-सरकार(जीटुजी) प्रक्रियामार्फत कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

बुधबार तातोपानी नाकामा आइपुगेको पहिलो लटको अत्यावश्यक सामग्री तीन दिनको भन्सार जाँचपछि काठमाडौँ आइपुगेको हो ।

पहिलो लटमा १० वटा गाडीमा करिब साढे आठ टन सामग्री ल्याइएको हो । ती स्वास्थ्य सामग्री चीनको व्यापारिक सहर ग्वान्जाउबाट सात दिन लगाएर कन्टेनरमा ल्याइएका हुन् ।

सेनाले हवाई मार्गबाट ल्याउने भनेको सामग्रीका सम्बन्धमा भने अहिलेसम्म टुंगो लागेको छैन ।

सेनाले वैशाख ८ गते चिनियाँ कम्पनीलाई ६७ स्वास्थ्य सामग्रीका लागि करिब २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

सेनाले मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग वैशाख ७ मा जीटुजी प्रक्रियामार्फत कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि ६७ थरीका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस