सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य संस्थासहित सिन्धुपाल्चोकका तीन वडा सिल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य संस्थासहित सिन्धुपाल्चोकका तीन वडा सिल


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको वडा नं ९ राम्चे, बलेफी गाउँपालिकाको ७ र ८ सिल गर्ने निर्णय गरेको छ ।

बाह्रबिसे नगरपालिकाको ९ नम्बर वडा राम्चे तथा बलेफि गाउँपालिकाको वडा नम्बर ८ र ९ माइती गाउँलाइ सिल गरी कसैलाई बाहिर आउन र वडाभित्र जान नदिने र सिल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ । मृतक महिला बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचारका लागि गएकाले स्वास्थ्य केन्द्र पनि सिल गर्ने निर्णयमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस