कोरोना रिपोर्ट पोजेटिभ सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना रिपोर्ट पोजेटिभ सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । कोरोना रिपोर्ट पोजेटिभ सुत्केरी महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पतालतर्फ लागेको छ ।

बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा स्वाब पठाइएको छ।

कोरोना भाइरस(कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य ल्याबको रिपोर्ट कुरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस