दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै


३ जेष्ठ २०७७, शनिबार


दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए । शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका दुईसहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि गए राति अस्पतालमा ल्याइएको हो ।

दाङ गढवा—४ का ३६ वर्षीय युवक भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय युवक मुम्बईबाट आएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिना लगेका पनि गाउँपालिकाका अध्यक्ष यादवले बताए।

संक्रमित दुवै भारतमा मजदूरी गरेर फर्किएका हुन् । त्यस्तै तुलसीपुर—७ का ३४ वर्षीय पुरुषमा पनि शुक्रबार नै कोरोना पुष्टि भएको छ । उनी स्वास्थ्यकर्मी रहेको र काठमाडौँमा उपचार भइरहेको छ । रुपन्देही र बाँके जिल्लाका कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरुलाई बेलझुण्डी अस्पताल ल्याइएको थियो ।

एम्बुलेन्स चालक क्वारेन्टिनमा
घोराही– कोरोना परीक्षणमा कोरोना पुष्टि देखिएका गढवा गाउँपालिकाका दुई पुरुषलाई बोक्ने दुई एम्बुलेन्स चालकलाई पनि आजदेखि गढवा गाउँपालिकाले क्वारेन्टिनमा राखेको छ । पालिका अध्यक्ष सहजराम यादवका अनुसार कृष्णनगरबाट गढवा र गढवाबाट लमही अस्पतालसम्म बोकेर लैजाने दुवै एम्बुलेन्स चालकलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस