बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली ६३ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली ६३


३ जेष्ठ २०७७, शनिबार


लण्डन । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन्। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस