तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध


३ जेष्ठ २०७७, शनिबार


डोटी । शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि खराबी आएको ठाउँ पत्ता नलागेका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताए।

उनले भने, ‘विद्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत समस्या भएको छ ।’ उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने खराबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस