खोप पत्ता नलागे पनि अमेरिका खुल्छ : ट्रम्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खोप पत्ता नलागे पनि अमेरिका खुल्छ : ट्रम्प


३ जेष्ठ २०७७, शनिबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । यस वर्षको अन्तसम्ममा कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरेका छन् ।

राष्ट्रपति ट्रमपले खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने बताएका छन् ।

तर धेरै विशेषज्ञहरुले भने यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको खोप निर्माण हुनेमा आशंका व्यक्त गरेका छन् ।

अहिले विभिन्न १४ किसिमका खोप निर्माणको प्रयास भइरहेको बताए । उनले निकै छिटो र महत्त्वपूर्ण हिसाबमा यो खोप निर्माण हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।

ट्रम्पले पूर्ण रूपमा मानिसहरू खोपमा निर्भर नरहने बताउँदै खोप निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब खोप नबने पनि अमेरिका सामान्य अवस्थामा फर्किने उनले बताए।

उनले अन्य धेरै फ्लुको खोप नबन्दा पनि मानिसहरूमा ती फ्लूविरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास भएको बताए । खोप निर्माणको नेतृत्व ग्लोक्सोस्मिथक्लाइनकाको खोप विभागको नेतृत्व गरिसकेका मोनासेफ स्लाओइलाई दिइएको छ ।

ट्रम्पपछि बोल्दै स्लाओइले सन् २०२० को अन्तिमसम्म लाखौं डोजको कोरोना भाइरसको खोप निर्माण हुने दाबी गरेका छन् ।

उनले यसअघि यो समयसीमा निकै महत्त्वाकांक्षी भए पनि आफूले पूरा गर्न नसकिने प्रतिबद्धता नजनाउने बताएका थिए । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस