लिम्पियाधुरासम्म समेटेर नेपालको नक्सा सार्वजनिक गरिने घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लिम्पियाधुरासम्म समेटेर नेपालको नक्सा सार्वजनिक गरिने घोषणा


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रम मार्फत सरकारले नेपालको छुटेको भूमि समेटेर नक्सा सार्वजनिक गरिने घोषणा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको नक्सा सार्वजनिक गरिने बताएकी हुन् । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो’, उनले भनिन्, ‘तदनुरूप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

विवादित भूमिबारे कूटनैतिक छलफल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छुटेको भूमि समेत राखेर नेपालको नक्सा जारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी अनधिकृत रूपमा निर्मित तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा भारतको चर्को विरोध भइरहेको छ ।

बुधबार मात्र नेपालले दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस