अब काठमाडौँका भित्री सडक तथा गल्लीमा निस्किए पनि पक्राउ पर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब काठमाडौँका भित्री सडक तथा गल्लीमा निस्किए पनि पक्राउ पर्ने


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्दै विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार, शुक्रवार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि काठमाडौँका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयनमा खटिएको थियो ।

प्रशासनले यसअघि जारी भएका सबै ई-पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौँ सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस