सरकारी सेवामा १० हजार डाक्टर र ५० हजार नर्स पुर्‍याउन सुझाव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारी सेवामा १० हजार डाक्टर र ५० हजार नर्स पुर्‍याउन सुझाव


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । चिकित्सकहरूले नेपालमा सरकारी सेवामा डाक्टर र नर्सको सङ्ख्या उल्लेख्य वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।

कोरोना महामारीबारे छलफल गर्न शुक्रवार उच्चस्तरीय समन्वय समितिले बोलाएको बैठकमा चिकित्सकहरूले स्वास्थ्यर्कीको सङ्ख्या कम हुँदा सेवा दिन नसकिएको उल्लेख गर्दै नेपालको जनसङ्ख्याको अनुपातमा स्वास्थ्य जनशक्ति वृद्धि गर्न सुझाव दिएका हुन्।

चिकित्सकहरूले नेपालका लागि दश हजार डाक्टर र ५० हजार नर्स सरकारी सेवामा आवश्यक भएको बताएका छन् ।

समितिले कोरोना रोकथामका लागि अब सरकारीले गर्नुपर्ने काम र भावी रणनीतिबारे सुझाव मागेको थियो। छलफलमा एक दर्जनभन्दा बढी प्रतिष्ठित चिकित्सकहरू सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस