करिब ६०० नेपालीलाई जापान जान दिने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करिब ६०० नेपालीलाई जापान जान दिने निर्णय


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन् । ‘तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको छ,’ उनले भने ।

यस्तै हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस