बाँके र मकवानपुरमा थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँके र मकवानपुरमा थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान ८ बजे मकवानपुरसहित नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

मकवानपुरमा एक जना र बाँकेमा आठ जनामा संक्रमण भेटिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । संक्रमण देखिएका मध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँक, नैनापुर-१, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षणअनुशार थप नौ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस