पशु स्वास्थ्य चिकित्सालयका प्रमुख विरुद्ध आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशु स्वास्थ्य चिकित्सालयका प्रमुख विरुद्ध आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर


१ जेष्ठ २०७७, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु विभाग अन्तर्गत पशु स्वास्थ्य चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा. बलराम थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा उनीहरू उपर आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

थापाले पदको दुरुपयोग गर्दै औषधि खरिदमा सम्बन्धित औषधी कम्पनीसँग मिलेमतो गरी नेपालमा दर्ता नै नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नामक भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थ आयातको लागि सिफारिस गरेको पाइएसँगै उनीबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक हुँदा थापाले आफू तथा औषधी व्यवसायीलाई गैर कानुनी लाभ लिनका लागि आफूले नपाएको ओहदा, अधिकार, हैसियत दाबी गर्दै नेपालमा दर्ता इजाजत नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नाम गरेको कम्पनीबाट उत्पादित पशुपक्षीजन्य औषधिहरू आयातको लागि सिफारिस गरेको आयोगको आरोप पत्रमा उल्लेख छ।

भन्सार कार्यालय वीरगन्जलाई पनि उनले पत्र लेखेर मुनाल बायोभेटका सञ्चालक रेवती रमण निरौलालाई उपलब्ध गराई पैठारी गर्न लगाएको अख्तियारको अनुसन्धानमा पाइएको छ।

थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन विरुद्धको कसुर भएकोले हदैसम्मको कैद र जरिवाना गर्न माग गरेका छ। आयोगले उक्त कार्यमा मतियारको काम गरेको आरोपमा मुनाल बायो भेट फर्माका प्रोप्राइटर रेवती रमण निरौलालाई पनि कैद र जरिवानाको सजाय भ्रष्टाचार निवारण ऐन अनुसार गर्न माग गरेको छ। उनलाई पनि दुई वर्ष कैद र एक लाखसम्म कैदको सजाय माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस