थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो


१ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४र४, रौतहट, बारा र सर्लाहीमा ३र३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस