अनिवार्य अवकास प्राप्त सञ्चार सचिव सुवेदीको बिदाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनिवार्य अवकास प्राप्त सञ्चार सचिव सुवेदीको बिदाइ


१ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी बिदाइ गरिएको छ । विसं २०४१ मा नेपाल सरकारको निजामती सेवाको खरिदार पदबाट सेवा शुरु गर्नुभएका सुवेदीले बुधबार सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित समारोहमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सचिव सुवेदीलाई मायाको चिनो प्रदान गर्दै सुवेदीले इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताए ।

‘यो चुनौतीपूर्ण मन्त्रालय हो, उहाँले जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो’, सचिव सुवेदीको प्रशंसा गर्दै मन्त्री डा.खतिवडाले भने । निजामती सेवामा काम गर्दा विभिन्न उतारचढाव आइरहने चर्चा गर्दै मन्त्री खतिवडाले त्यसलाई सफलतापूवर्क पार गर्दै अवकाश प्राप्त गर्नुभएकामा सचिव सुवेदीलाई बधाई दिए ।

यस्तै, सचिव सुवेदीले थोरै समयमा उपलब्धिपूर्ण काम गर्ने प्रयास गरिएको बताए । उनले आफूले बनाएका विभिन्न योजना हाल जारी कोरोना भाइरसको सङ्क्रमणका कारण सम्पन्न गर्न नसकेको उल्लेख गरे । ‘समय थोरै थियो, धेरै काम सम्पन्न गर्ने इच्छा हुँदाहुँदै पनि अहिलेको बाधा अड्चनका कारण सकिएन’, उनले भने ।

सुवेदीले निजामती सेवामा झण्डै ३६ वर्ष काम गरे । यस क्रममा उनले विभिन्न मन्त्रालयको सचिव, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, लोकसेवा आयोगलगायतमा काम गरे । पछिल्लो समय सञ्चार मन्त्रालयको सचिवका रुपमा गत वर्ष मङ्सिरमा उनले जिम्मेवारी सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस