ग्लोबल आइएमई बैकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्लोबल आइएमई बैकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ ।

बुधवार आयोजित एक कार्यक्रममा बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बैङ्कले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।

बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

उक्त अवसरमा बैङ्कका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस