भोलिदेखि बैंकका सीमित कार्यालय मात्र खुल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलिदेखि बैंकका सीमित कार्यालय मात्र खुल्ने


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन दिएको छ ।

आइतबारदेखि सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेकोमा बैंक का कारण पनि सडकमा भिडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरू नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।

यससँगै अब बैंक का कर्मचारीहरूले परिचय पत्र वा बैंक को चिठी देखाएर आवतजावत गर्न नपाउने भएका छन् । सीमित शाखाहरू खोल्न मात्र केही पास वितरण गरेको राष्ट्र बैंक ले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।

यसै गरी फाइनान्स कम्पनीहरूलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरूलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस