बालुवाटारमा सर्वदलीय बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा सर्वदलीय बैठक सुरु


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी छन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको थियो। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ।

भारतले लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।

नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमण फैलदै गएपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस