दार्चुलाको छाङरुमा बीओपी स्थापना « प्रशासन
prasaLogo
३१ बैशाख २०७७, बुधबार

दार्चुलाको छाङरुमा बीओपी स्थापना


प्रकाशित मिति : 13 May, 2020 6:23 pm

काठमाडौँ । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट(बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडक्वार्टरका निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।

बीओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई–१७ हेलिकप्टर खलंगाबाट थाङरु गएको थियो । थाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।

बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस