ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने


३१ बैशाख २०७७, बुधबार


काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने भएका छन्। अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम गर्दै आएका छन् ।

सामाजिक सञ्जालले अहिलेसम्म घरबाट पनि राम्रो काम हुँदै आएकाले आगामी दिनमा पनि चाहेको खण्डमा उनीहरुले घरबाटै काम गर्न सक्ने व्यवस्था गरिने बताएको छ ।

इमेलमार्फत आफ्ना कर्मचारीहरुलाई ट्विटरका सीईओ ज्याक डोर्सीले पछिल्लो केही महिनामा सबैले घरबाटै काम गर्न सकिने कुरा साबित गरेको बताएका छन् ।

उनले घरबाट काम गर्न नसक्ने कर्मचारीका लागि यस वर्षको अन्तिमसम्ममा कार्यालय खुला रहने बताएका छन् । यद्यपि सेप्टेम्बरभन्दा पहिला भने कार्यालय नखुल्ने बताइएको छ ।

विश्वभर ट्विटरका ३५ कार्यालयहरु छन् । फेसबुक र गूगलले पनि आफ्ना कर्मचारीहरुलाई यस वर्षको अन्तिमसम्म घरबाटै काम गर्न स्वीकृति दिइसकेका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस