नेपाली सेनालाई चिनियाँ सेनाले आफ्नै विमानमार्फत ल्याइदियो स्वास्थ्य सामाग्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनालाई चिनियाँ सेनाले आफ्नै विमानमार्फत ल्याइदियो स्वास्थ्य सामाग्री


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत प्रदान गरेको मेडिकल सामग्री नेपाल आइपुगेको छ ।

बुधवार बिहान चीनको चेङ्दुबाट काठमाडौँ आएको चिनियाँ सेनाको विमान बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

जसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको बुझिएको छ । उक्त सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको भन्सार विभागका एक अधिकारीले बताए ।

चीन सरकारले नेपाल सरकारलाई यसअघि पनि कोरोना भाइरस विरुद्ध लड्न विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस