थप २६ जनामा कोरोना पुष्टि, एकै दिन ८३ जना जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१७ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप २६ जनामा कोरोना पुष्टि, एकै दिन ८३ जना जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१७


३० बैशाख २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँ र भक्तपुरमा तीन जनासहित मङ्गलवार थप २६ जनामा कोरोना भाइरस(कोभिड-१९) पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मङ्गलवार ८३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

सह प्रवक्ता अधिकारीका अनुसार भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। काठमाडौँकी एक ३३ वर्षीय महिलामा कोरोना देखिएको हो।

सह प्रवक्ता अधिकारीका अनुसार साँझ पुष्टि भएका नयाँ सङ्क्रमित पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका दुई दुई गरेर छजना, काठमाडौँ र सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि दिउँसो पर्सामा दुई पत्रकारसहित ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका एक गरेर ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

मङ्गलवार एकै दिन ठुलो सङ्ख्यामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१७ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस