सवारी पासबारे गृह मन्त्रालयद्वारा ६ बुँदे निर्णय, अव उपत्यका प्रवेशका लागि गृहको स्वीकृति अनिवार्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सवारी पासबारे गृह मन्त्रालयद्वारा ६ बुँदे निर्णय, अव उपत्यका प्रवेशका लागि गृहको स्वीकृति अनिवार्य


३० बैशाख २०७७, मंगलबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९)का सङ्क्रमित बढेसँगै गृह मन्त्रालयले सवारी पासमा थप कडाइ गरेको छ ।

मन्त्रालयले जेठ १ गतेबाट लागू हुने गरी विभिन्न ६ बुँदे निर्णय गरेको छ ।

मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएका ई–पास लगायतका सम्पूर्ण सवारी पासहरू खारेज गर्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिललाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने निर्णय गरेको छ ।

त्यसै गरी काठमाडौँ उपत्यकाका बाहिरका जिल्लाले काठमाडौँ उपत्यकाका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्दाको प्रयोजन र पुष्ट्याईसमेत खुलाई पठाउने, काठमाडौँ उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बरसमेत उल्लेख गर्ने र जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बिना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल सुरु जिल्ला नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस