खुुकुरी प्रहारबाट घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खुुकुरी प्रहारबाट घाइते


३० बैशाख २०७७, मंगलबार


तुलसीपुर । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।

सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

तुलसीपुर –१२ एयरपोर्ट निवासी १९ वर्षीय सुरेश डाँगीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर सिफारिश गरिएको छ । बस्नेतका अनुहार र नेपालीका टाउकामा चोट लागेको छ ।

अभियुक्त डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस