कपिलवस्तु आज साँझ ५ बजेबाट जेठ ५ सम्म सिल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कपिलवस्तु आज साँझ ५ बजेबाट जेठ ५ सम्म सिल


२९ बैशाख २०७७, सोमबार


कपिलवस्तु । कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

भारतबाटै आएकाहरूमा कोरोना सङ्क्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्ध भूमि नगरपालिकामा २ गरी १० जना कोरोना सङ्क्रमित भेटिएपछि थप सतर्कता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दूधका ट्याङ्कर, एम्बुलेन्स लगायतका साधनहरू नरोकीकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।

तरकारी तथा खाद्यान्न किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्ट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस