नेपाललाई चीनले दियो ४० हजार थान पीसीआर किट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाललाई चीनले दियो ४० हजार थान पीसीआर किट


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपालसरकारलाई चीनले ४०हजार पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री दिएको छ ।

नेपाललाई ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले चीन सरकारको प्रशंसा गरे । चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस