कालापानी दुखेको छ ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कालापानी दुखेको छ !


२९ बैशाख २०७७, सोमबार


कालापानी दुखेकोछ लिपुलेक दुखेको छ
यो मुद्दामा पटक पटक सिंहदरबार चुकेको छ ।

गोर्खालीको छोरो भन्दा ठाडो हुने मेरो शिर
दुखद कुरा आफ्नैदेशको सिमानामा झुकेको छ ।

डाडु पनिउँ हातमा हुँदा कसले कति कति गर्‍यो
जवाफ दिनुपर्छ त्यसले जसले धेरै भुकेको छ  ।

एक अर्कालाई आरोप नलाई सबै पक्ष एक होऔँ
बिर्सिदिऊँ कहाँ कसको कति स्वार्थ लुकेको छ ।

आत्मनिर्भर भैयो भने कोही कसैले हेप्ने छैन
छरिएला पैला बाँधाै हाम्रो थैलो फुकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस