भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना


२९ बैशाख २०७७, सोमबार


नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहनसिंह अस्पताल भर्ना भएका छन् । पूर्व प्रधानमन्त्री एंव प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता सिंहलाई छातीमा समस्या देखिएपछि आइतबार साँझ अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको हो।

अहिले उनको अवस्था स्थिर रहेको र डाक्टरहरूले उनको निरन्तर निगरानी गरिरहेका छन्।

८७ वर्षीय डाक्टर सिंहलाई नयाँ औषधीका कारण समस्या भएको हुन सक्ने बताइएको छ। उनको सन् २००९ मा मुटुसम्बन्धी शल्यक्रिया पनि गरिएको थियो।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका सिंह अहिले राजस्थानबाट राज्य सभामा सांसद छन्।

प्रतिक्रिया दिनुहोस