खाद्य कम्पनीसँग कर्णालीको सिमीसँगै अब डीडीसीको ध्यू पनि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खाद्य कम्पनीसँग कर्णालीको सिमीसँगै अब डीडीसीको ध्यू पनि


२८ बैशाख २०७७, आइतबार


खाद्य कम्पनीसँग कर्णालीको सिमीसँगै अब डीडीसीको ध्यू पनिकाठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब ध्यू पनि होम डेलिभरी गर्ने भएको छ ।

देशव्यापी लकडाउनसँगै चामल र कर्णालीको सिमी होम डेलिभरी सेवा सुरु गरेको कम्पनीले उपभोक्ताको मागलाई मध्यनजर गर्दै थप रहर दाल, केराउ, मुसुरोसहित ध्यूपनि बेच्न सुरु गरेको हो ।

कम्पनीका अनुसार आधा लिटरको चार सय ५० रुपैयाँ रहेको छ । त्यसैगरी नयाँ थप गरिएका रहर प्रति किलो एक सय ६० रुपैयाँ, केराउन दाना प्रति किलो ७०, मुसुरो दाल प्रति किलो एक सय १५ तोकिएको छ ।

पहिलो पटक सरकारी कम्पनीका रूपमा अनलाइन सेवा सुरु गरेको कम्पनीले सुरुवातीमा स्टिम रञ्जित मनसुनी चामल, जापानी चामल र कर्णालीको सिमी विक्री वितरण गर्दै आएको थियो ।

सुलभ मूल्यमा आम उपभोक्ताको घर घरमा दैनिक उपभोग्य वस्तु पुर्‍याउने उद्देश्यअनुसार नै कम्पनीले आफ्ना उत्पादनहरू बढाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले बताए ।

यसले बजार मूल्य नियन्त्रणसँगै लकडाउनको अवधिमा खाद्यवस्तुको अभाव हुन नदिन ठुलो भूमिका निर्वाह गरेको उनको भनाई छ ।

कम्पनीले नेपालफुड डट जीओभी डट एनपी अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको दैनिक उपभोग्य वस्तु अर्डर गर्न सकिन्छ । लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई थप डेलिभरी चार्ज नलिने कम्पनीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस