भारतविरुद्ध प्रदर्शन गर्दा बानेश्वरबाट पक्राउ परे युवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतविरुद्ध प्रदर्शन गर्दा बानेश्वरबाट पक्राउ परे युवा


२८ बैशाख २०७७, आइतबार


काठमाडौं । भारतको ज्यादतीविरुद्ध प्रदर्शन गर्दा बानेश्वरबाट युवा विद्यार्थीहरु पक्राउ परेका छन् । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको युवाहरुको एक टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ ।

शनिबार पनि भारतीय दूतावास अघि विरोध प्रदर्शन गर्न पुगेका विद्यार्थीहरू पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस