रोजगारी सिर्जना गरिने छ : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रोजगारी सिर्जना गरिने छ : अर्थमन्त्री खतिवडा


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारी दिने कार्यक्रमलाई प्रदेश र स्थानीय तह सँगको सहकार्यमा एकिकृतरुपमा सञ्चालन गरिने बताएका छन् ।

मन्त्री खतिवडाले प्रतिनिधिसभाको बैठकमा बोल्दै कोरोनाको कारण गुमेको रोजगारीलाई स्थापित गर्न रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारी दिने कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने बताएका छन् ।

मन्त्री खतिवडाले भने, ‘वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी उपलब्ध गराउन र स्वरोजगारी बढाउन, कृषि साना तथा घरेलु तथा मझौला उद्यमहरूलाई तथा सेवा क्षेत्रमा संलग्न हुन उत्प्रेरित हुने गरी बजेट तर्जुमा गरिने छ ।’

यस्तै उनले सीपमूलक तालिममार्फत उद्यमशीलता र तालिममार्फत रोजगारी सिर्जना गर्दै सबै नागरिकलाई उत्पादन सँगै जोड्ने गरी कार्यक्रमहरू सञ्चालन गरिने बताए । उनले भने, ‘सीपमूलक तालिममार्फत उद्यमशीलता र तालिममार्फत रोजगारी सिर्जना गर्दै सबै नागरिकलाई उत्पादन सँगै जोड्ने गरी कार्यक्रमहरू सञ्चालन गरिने छ, श्रमिकको पारिवारिक सामाजिक र आर्थिक हित बजेटको प्राथमिकतामा रहने छ ।’

उनले अनौपचारिक क्षेत्रमा काम गर्ने र दैनिक ज्याला जीवन निर्वाह गर्ने श्रमिकलाई श्रममूलक प्रविधिमार्फत रोजगारीमा आबद्ध गरी आर्थिक क्रियाकलापसमेत विस्तार गरिने बताए ।

वैदेशिक रोजगारीमा चुनौती देखिन थालेको भन्दै स्वदेशमा काम र रोजगारीलाई बढाई आथिएक वृद्धि गर्ने अवसरको रूपमा उपयोग गरिने बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा देखिन थालेको चुनौतीलाई स्वदेशमा काम र रोजगारीलाई बढाई तीव्र आर्थिक वृद्धि गर्ने अवसरकोरुपमा उपयोग गर्न एवम् अर्थतन्त्रलाई गतिशील बनाउन श्रममूलक उद्योग तथा निर्माणमा थप पुँजी परिचालन गर्न निजी क्षेत्रमा आन्तरिक र प्रत्यक्ष बाह्य लगानीलाई प्रोत्साहित गरिने छ ।’

उनले रोजगारी र आवासको हक कार्यान्वयन गर्ने कार्यक्रम सञ्चालन गरिने पनि बताए ।

यस्तै उनले विद्यमान सामाजिक कुरीति र हिंसा विरुद्ध नागरिक चेतना अभिवृद्धि गर्दे यस्तो कार्यलाई कानुन बमोजिम दण्डित गरिने तथा नागरिकहरूबिच कुनै पनि आधारमा भेदभाव नहुने सुनिश्चित गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस