आजदेखि सुरु हुँदै प्रिबजेट छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आजदेखि सुरु हुँदै प्रिबजेट छलफल


२८ बैशाख २०७७, आइतबार


काठमाडौं । संसदमा आजदेखि संसदमा प्रिबजेट छलफल सुरु हुँदै छ । आज ११ बजे प्रतिनिधि सभा र दिउँसो १ बजे राट्रियसभाको बैठक बस्ने छ । बैठकमा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

यस विषयमा तीन दिन छलफल हुने छ । जुन प्रि बजेट छलफ हो । जेठ १५ गते बजेट पेश गर्नु पर्ने भएकाले आजबाटै छलफल सुरु हुन लागेको हो ।

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम रहेको छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ ।

भने १५ गते आर्थिक वर्ष २०७७–७८ को बजेट पेश हुने छ ।

गत शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस