भारतले सार्वभौमसत्तामा आँच पुऱ्याएको नेकपाको ठहर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतले सार्वभौमसत्तामा आँच पुऱ्याएको नेकपाको ठहर


२८ बैशाख २०७७, आइतबार


काठमाडौँ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आपत्ति जनाउँदै नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको जनाएको छ । जनाएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिवार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै भारतको कदमप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिवार जारी गरेको संयुक्त वक्तव्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा भारतबाट यो कार्य हुनु निन्दनीय रहेको बताइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारी विरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको ठहर गर्दै सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धिसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरूले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रवार उद्घाटन गरेको थियो ।z

Tags :
प्रतिक्रिया दिनुहोस