भोलिदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भोलिदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ !


२७ बैशाख २०७७, शनिबार


काठमाडौँ । आइतबार(भोलि)देखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूबिच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । यससँगै जुनसुकै कार्यालय तथा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।

त्यसै गरी बैङ्क, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठुला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

औषधि र खानेपानीको सवारी साधनको हकमा भने टाइम कार्ड लागू हुने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस