पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ


२७ बैशाख २०७७, शनिबार


काठमाडौँ । लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

धुम्बाराहीको शंकपार्कमा पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको छ।

लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस