बाराको सिमरामा एकीकरण स्मृति उद्यानको शिलान्यास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाराको सिमरामा एकीकरण स्मृति उद्यानको शिलान्यास


२७ बैशाख २०७७, शनिबार


काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका –७ स्थित नेपाली सेनाले निर्माण गर्न लागिएको एकीकरण स्मृति उद्यानको आज शिलान्यास भएको छ । प्रदेश २ का मूख्यामन्त्री लालबाबु राउतले उक्त उद्यानको शिलान्यास गरेका हुन् ।

मूख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाले गरेको यस्तो कार्यले नेपाली सेना र नेपाली जनता बीचको सम्बन्ध मजबुद बनाउने बताए । उनले भने हिमाल पहाड र तराइको ऐतिहासिक चिनारी दिने एउटै थलोको रुपमा निर्माण गर्न लागिकाएको एकीकरण स्मृति उद्यान राष्ट्रिय गौरवको आयोजनामा पर्ने बताए ।

उक्त उद्यान प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाको ‘ कमाण्ड मार्गनिर्देन २०७५’ को लक्ष ६ मा उल्लेखित नेपाल र नेपाली सेनको इतिहास प्रवर्दनलाई टेवा पुयाउने उदश्यले तीन विगाह जग्गामा निमार्ण गर्न लागिएको हो ।

उक्त स्मृति उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य छ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ ।

बार्एस करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७–७८ मसान्तभित्र निर्माण सम्पन्‍न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

शिलान्यास समारोहमा प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोन्हल, महान्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल, प्रदेश नं. २ का सचिव यम प्रसाद भुषाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र सिनियर डिभिजनल इन्जिनियर भगवान झा लगायत प्रदेश तथा स्थानीय संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस