विद्यार्थी नेताहरु पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थी नेताहरु पक्राउ


२७ बैशाख २०७७, शनिबार


काठमाडौं । लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थी नेता सुदेश पराजुलीका अनुासार उत्तर ढोकामा जम्मा हुनासाथ प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस