विश्व परिवेशमा मानव सभ्यता र शैक्षिक कार्य ? - प्रशासन प्रशासन
prasaLogo
२७ बैशाख २०७७, शनिबार

विश्व परिवेशमा मानव सभ्यता र शैक्षिक कार्य ?


प्रकाशित मिति : 9 May, 2020 1:29 pm

मानव जाती परिष्कृत आधुनिक मानवजातीमा रूपान्तरण हुनु पूर्व विभिन्न युग [प्राग ऐतिहासिक युग, प्राचीन युग, मध्ययूग, आधुनिक युग र समकालीन युग] तथा सभ्यताहरू (मिश्र, मेसोपोटामिया, सिन्धु घाँटी, आर्य, युनानी, हेलेस्टीक, रोमन र चिनियाँ)लाई चरणबद्ध रूपमा पार गरेको छ। सभ्यताका चरण परिमार्जनका खातिर मानवीय भावना, चाहना र चेतनाको अभिवृद्धि पनि हो । मेसोपोटामिया सभ्यताको सुमेरियन चरणमा दायाँबाट बायाँ लेख्ने लिपि का साथै चित्रात्मक अक्षर लिपिको थालनी हुनु मानव जाती शैक्षिक गतिविधिमा यसै समयबाट सामेल भएको इतिहास मान्न सकिन्छ ।

नेपालमा शैक्षिक गतिविधि कहिले देखी प्रारम्भ भो भनी यकिन गर्न सकिने अवस्था छैन । हरेक सभ्यता र संस्कृतिको सुरमययता वर्णन गर्ने आधारस्तभ्भ भनेको ताम्रपत्र,शिलालेखमा लिपिबद्ध गरिएका अभिलेखहरू हुन । नेपालमा लिच्छवी काल देखी व्यक्तिगत रूपमा स्वअध्ययन गर्ने , धर्म कर्मका लागी धर्मशाला पाटी पौवामा बसी संस्कृत पढ्ने वानी बसालिनुका साथै राजामहाराजाहरुले काठमा, प्रस्तरमा ,प्रमाणपत्र तत्कालीन समय र सभ्यताको वर्णन गर्न लगाइनु आर्य सभ्यताको उपज पनि मान्न सकिन्छ । दैलेखको दाम पालमा खस राज्यका राजा पृथ्वी मल्लले वि.सं १४१४ लेखेको अभिलेखले नेपालमा अनौपचारिक शिक्षाको प्रादुर्भाव देखी रहेता पनि व्यावसायिक शिक्षाको सुरुवात लिच्छवीकालीन शासक जयस्थितिमल्लले गर्नुका साथै संस्कृत भाषालाई पश्रय दिएकोमा वि.सं १९१० मा दरबार हाइ स्कुल {हालको भानु मा.वि.}को स्थापना पश्चात् आधुनिक शिक्षाको सुरुवात भएको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश र भानुभक्तको रामायणले उक्त समयमा खस भाषाको प्रयोग हुन्थ्यो भन्ने झझल्को दिन्छ। वि.सं.२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको उदय पश्चात् शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा पुग्ने गरी धमाधम खोलिए ।

जनता र शैक्षिक श्रोतमा पहुँच ?
११औ राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्या मध्ये हाल साक्षरता दर ६५.९ % कायम छ ।नेपालको कुल भूभागको ८५ % मा दूरसञ्चारको उपलब्धता छ । साथै कुल जनसङ्ख्याको ५५.४ % जनता मात्र Internet को पहुँचमा छन् । Nepal Telecom ले आ.व.२०७२/७३ मा पोखरा र काठमाण्डौंमा 4G को Internet सेवा सुचारु गरिसकेको छ। कर्णाली र सुदूरपश्चिममा मौसमको प्रतिकूल र भौगोलिक विकटताका कारण थोरै समयमा बालबालिका स्कुलमा हाजिर हुनासाथै नियामक निकायले उपलब्ध गराएका शैक्षिक सामाग्री तथा पाठ्यपुस्तक शैक्षिक सत्रको अन्त्यमा पनि विद्यार्थीको हात सम्म नपुगेको खबर बर्सेनि समाचारमा आइरहेको नै हो । भौगोलिक रूपमा पिक्षडिएका क्षेत्रका विद्यार्थीलाई आकर्षित गर्न विभिन्न समयमा सरकारले निःशुल्क शिक्षा,पोषण खाजा जस्ता कार्यक्रम लागू पनि गरेको हो

E-Learning or Virtual Class or Distance Education को आवश्यक कति ?
E-Learning सन्1999 मा Cognitive Behavioral Therapy Seminar मा प्रयोग भएको थियो । Internet को माध्यमद्वारा PDF Document send गर्नु knowledge share गर्नु जस्ता उद्देश्यका लागी अगाडी सारेको अवधारणा हो । E-Learning मा अध्ययनकर्ता र अध्यापक बिच भौतिक दुरीमा सन्निकटका कायम नरहे तापनि Internet उपलब्ध भएका क्षेत्रमा Online को माध्यमद्वारा गोपनीयता र विश्वसनीयता कायम राख्दै Educational Materials को Ensured गरिएको हुन्छ । हाल २१ औ युगको महत्त्वपूर्ण मागको रूपमा E-Learning रहेको छ ।Telecom ले प्रवाह गरेको Internet को Speed ले पनि E-Learning लाई Success बनाउने वा Failure पार्ने भन्ने अर्थ राख्दछ ।

E-Learning- र नेपालको मित्रता
E-Learning का उपायदेखि पहिचान पश्चात् ठम्याउन सकिन्छ कि विद्युतीय शक्ति, दूरसञ्चारको उपस्थिति तथा सेवाको क्षमता, दक्ष जनशक्ति, विद्यार्थीको पहुँचता, आवश्यक नीति, नियामक निकाय र बौद्धिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति लिपिबद्ध र संरचनागत रूपमा खडा गर्नु पहिलो चरणको कार्य हो । बदलिँदो परिवेशअनुकुलका कार्यक्रम सञ्चालन गर्दा विश्व तथा छिमेकी देशमा कस्ता सकारात्मक र नकारात्मक विषयमा पक्षपोषण भएका छन् भन्ने गहिरिएर विश्लेषण गरी तर्जुमा गरिनुपर्छ । SAARC का पनि कतिपय मुलुकमा दूर सञ्चार कम्पनीले आफ्ना नागरिकलाई देशभित्र Phone call र Internet Service नि:शुल्क उपलब्ध गराउँदै आएका छन् । नेपालमा दूरसञ्चार सेवा दिँदै आएका मध्ये NTC ले आफ्नो Network भित्र Voice call/minute रु. 1.65 र NCELL ले आफ्नो Network भित्र Voice call/minute रु. 2.45 काट्छन् ।

नेपालमा दूर शिक्षाको माध्यमबाट S.L.C परीक्षामा सामेल हुने प्रावधान वि.सं.२०६४ बाट राखेता पनि उच्चशिक्षालाई Distance learning मार्फत International Standard बनाउन वि.सं.२०७३ मा खुला विश्वविद्यालयको स्थापना भयो । हाल पश्चिमा अधिकांश देशमा खुला विद्यालयमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढ्दो छ । हरेक विषयवस्तुका सकारात्मक र नकारात्मक पक्षको गहन छलफल हुन आवश्यक हुन्छ जसले भविष्यमा हुन सक्ने सङ्कट बच्न साहस प्रदान गर्दछ। E-Learning का सवलपक्षहरु पक्षहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
♀ निर्दिष्ट समयमा शैक्षिक क्रियाकलापमा विभिन्न क्षेत्रमा रोजगारीमा बहाल व्यक्तित्वले समेत सामेल हुन पाउनु
♀ बदलिँदो विश्व परिवेशमा प्रत्येक व्यक्तिले प्राविधिक ज्ञान तथा सिप सिक्न पाउनु
♀ भौतिक शैक्षिक सामाग्रीको सट्टा सुरक्षित Virtual educational material को प्रयोग हुनु
♀ घरमै बसी आवश्यकता बमोजिम knowledge, skill, trainings पाउनु
♀ दक्ष जनशक्तिले आफ्नो सिप अनुसार एकै समयमा कौशला देखाउनु
♀ Payment System cash less and Virtual हुँदा वैकिंक क्षेत्रमा सहजता
♀ Internal Educational Hub को transactions ले देशको राजश्वमा वृद्धि
♀ Materials and documents को गोपनीयता र सुरक्षा कायम हुनु
♀ Cost, Time, Resource को समुचित प्रयोग एवं बचत

कार्यक्रमलाई Run गर्दा विभिन्न बाधा अवरोध आउँछन् जसलाई सकारात्मक शक्तिमा रूपान्तरण गर्ने दृढता सरोकारवाला पक्षमा हुनु पर्छ । E-Learning का दुर्बल पक्षहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
♂ Intellectual Property को चोरी एवं दुरुपयोग
♂ Electricity and Telecom पहुँच नभएका क्षेत्रमा E-Learning आकाशको फल
♂ virtually Payment गर्न सवैक्षेत्रमा internet and e-banking को सहज पहुँच नहुनु
♂ सरकारी कामकारबाही paperless गर्न कठिनाइ भइराखेको अवस्थामा शैक्षिक सामाग्री paperless असम्भव
♂ नीतिगत र संस्थागत व्यवस्था भन्दा पहिला कार्यक्रम लागू हुनु
♂ Programmed Run गर्नु पूर्व यस विषयमा विज्ञहरूसँग व्यापक विमर्श नहुनु
♂ E-Learning मा पढाइका साथै exam दिन पाउने Technical व्यवस्था गर्न नसकिनु
♂ दूरगामी लक्ष्यहरू कायम नभै हचुवाका भरमा कार्यक्रम fashion show जस्तो क्षणिक मन भुलाउने माध्यम हुनु

E-Learning लाई कसरी व्यवस्थित पार्ने
★ शिक्षा मन्त्रालय, सूचना तथा प्रविधि मन्त्रालय र दूरसञ्चार कम्पनीको सहकार्यता,सहभागितालाई जोड दिइनुपर्छ ।
★ सङ्घ,प्रदेश र स्थानीय निकायमा शैक्षिक संस्थाले सञ्चालन गर्ने सम्बन्ध एन नीति नियमावली तथा निर्देशिका जारी गरिनुपर्दछ।
★ बौद्धिक सम्पत्तिको गोपनीयताको सुनिश्चित गर्दै नेपाल पक्ष भएका सो सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको मर्म सम्ववोधन गर्न परिवर्तित समयानुकूल नीतिगत व्यवस्था
★ Internet hacker , piracy कर्तालाई उक्त कार्यलाई दुरुत्साहन गर्न कठोर आचारसंहिता तथा निर्देशिका आउनु
★ देशको शासकीय संरचना अनुरूप कुन क्षेत्रमा कुन सरकारले नियमन र नियन्त्रण गर्न पाउने कति सम्म सजाय निर्धारण गर्न पाउने सम्बन्धमा नीतिगत र संस्थागत व्यवस्थापन हुन
★ जनजीविकालाई प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम Run गर्नु पूर्व जनशक्ति,रणनीति तयार पारिनुका साथै आवश्यक बजेटको विनियोजन हुनुपर्छ।
★ Panama Papers जस्ता महत्त्वपूर्ण गोप्यकागजातहरु Media मा ल्याउन उक्त कार्यमा संलग्न पूर्व कर्मचारीहरू रहेका तथ्यहरूका साथै नेपालमा पनि नियामक मन्त्रालयका website hacked र स्थानीय पालिकाले आर्थिक कारोबारको अभिलेखन गर्न प्रयोग गर्ने websites hack भएका गम्भीर घटनालाई मनन गर्दै संलग्न जनशक्तिलाई भविष्यमा अन्य कार्यमा ग्राह्यता नदिने व्यवस्था गरिनुपर्छ ।
★ Telecom कम्पनीले सबै नेपालीको पहुँच र आयस्रोतले किन्न सकिने DATA package ल्याउनुपर्छ ।

अन्त्यमा,अहिले कोरोनाको महामारीले E-Learning को प्रायदेहितालाई अझ बढवा गरेको छ सरुवा रोगको चपेटामा विश्व नै गाँजिएको ४ महिनाको अन्तरालमा विद्यार्थीको पठनपाठनको विषयहरूमा अभिभावकहरूको चिन्ताको विषय बन्नु स्वाभाविकै हो। किनकि मुखैमा आएका SEE देखी Degree सम्मका परीक्षाका कार्यक्रमका साथै लोकसेवाले सञ्चालन गर्ने पदपूर्तिका कार्यक्रम स्थगन गर्न मन्त्रीपरिषद्ले निर्णय गरी लोकसेवालाई अनुरोध गरिसकेको छ । Online class लाई वैधानिकता दिनु पूर्व All banking transactions digital अथवा Cashless बनाइनुपर्छ । एउटा विद्यार्थी बाहिर निस्कन नपाई E-class attend गरिराखेको उ कसरी भौचर भरी E-class को Fee payment गर्न bank धाउन सक्छ ।

नेपालका यस्तो भौगोलिक अवस्था छ विशेषत: दार्चुला, बाजुरा, हुम्ला, जुम्ला, कालिकोट,‍ ओखलढुंगा, ताप्लेजुङमा आफन्तसँग सञ्चार कायम गर्न सफा मौसम छोपी अग्ला डाँडा र रुख चढे पछि telecom signal बल्ल देखिन्छ । यही कुनामा पठनपाठन गर्ने नानी बाबुहरू E-learning लाई पहुँचमा ल्याउन नसकिने हुँदा यसको रचनात्मक वैकल्पिक उपायको खोजी हुन आवश्यक छ । Telecom companies ले पनि न्यूनतम शुल्कमा data package यस विषम परिस्थितिमा ल्याउनुपर्छ । अव सङ्घीय संसद् सुचारु हुने वित्तको नीति कार्यक्रम र बजेटको विषयमा छलफल हुँदा जनजीविका सवालहरू शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार मा यथोचित दूरगामी लक्ष्य कायम गरी बजेट विनियोजन हुन आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस