शासकीय शैली : काग र चिलबाट सिक्नु पर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शासकीय शैली : काग र चिलबाट सिक्नु पर्ने


२७ बैशाख २०७७, शनिबार


२०७७ बैसाख २१ गते मैले मेरो घर अगाडि एउटा वन काग देखेँ । उक्त वन काग मेरो बारीमा का का गरेर कराइरहेको थियो । उक्त काग भरखर गुडबाट बाहिर निस्किएको रहेछ । कताबाट त्यहाँसम्म आइपुगेको हो तर आकाशमा उड्न नसकीरहेको अवस्था रहेछ ।

एक छिन पछि २ वटा काग उसको सामुन्ने आइपुगे । ति दुबै कागले पालै पालो त्यो बच्चो कागको कहिले ठुँडमा, कहिले पखेटामा, कहिले खुट्टामा तान्न थाले । जति कागले उसलाई तान्छ त्यति नै धेरै त्यो बच्चो काग कराउँदो रहेछ । कागलाई उडाउन यसरी नै उसलाई पटक पटक तान्ने लतार्ने गर्दा रहेछन् । जसले गर्दा त्यो काग आफ्नै बथानमा उडेर जान सक्दछ । उडाउन नै धेरै कागहरु आई उडाएको पनि देखेको छुँ । कागलाई अजम्मरी पंक्षीको रुपमा लिने धार्मिक विश्वास पनि छ । कागलाई सन्देश बाहक चलाख पंक्षीको रुपमा पनि लिने गर्दछन् ।

मैले सानोमा मेरो घरको नजिकै रहेको आँपको रुखको टुप्पोमा कागको गुँड पनि देखेको थिएँ । त्यतिबेला मैले कागको गुँडबाट कागको बच्चा निकालेको छुँ । यसरी काग निकाल्दा माउ कागले अन्य कागलाई पनि बोलाए । एकैछिन पछि धेरै कागहरु आई मलाइ ठुँग्न थाले । कागको यस किसिमको झम्टाइ पछि म झटपट ओर्लेर घर भित्र पसेको हुँ । कागले मेरो बारीमा रहेको मकै खुवै खाइदिने गर्दथ्यो । त्यसको रिसमा पनि गुँडबाट कागको बच्चा निकालेर फालिदिएको थिएँ । काग के हो ? र यसले पर्यावरणमा के फाइदा दिन्छ ? भन्ने मलाई थाहा थिएन तर अहिलेको अवस्थामा कागलाई भिन्न तरिकाले बुझेको र मान्छेको सारथीको रुपमा पनि बुझेकोले उसको चर्तिकला हेर्न मन लाग्यो । उसमाथि निर्ममता गर्ने मन यो समयमा पुरै परिवर्तन भैसकेको थियो ।

अर्को पर्यावरणीय सारथीको रुपमा चिललाई पनि बुझेको छुँ । चिल आफैमा एउटा मांसाहारी पंछी पनि हो । चिल धेरै माथि उड्ने पंछी पनि हो । यसको आयु सरदर ७० वर्षको हुन्छ भनिन्छ । जब चिल आफ्नो गुँणबाट बाहिर निस्कने बेला माउ चिलले उड्न सिकाउँछ । चिलले आफनो बच्चालाई भुराउने बेला भयो भने आकाशको धेरै माथि खुट्टाले च्यापेर लैजान्छ र छाडी दिन्छ । जबसम्म उसका पखेटा खुल्दैनन् तबसम्म उसकै पछि पछि माउ चिलहरु पनि उडिरहेको हुन्छ । उसले भुँइमा पछारिएर मर्न पनि दिँदैन । जब जमिनमा पछारिन लाग्यो भने उसका खुट्टाले पुनः पकड्छ र फेरी माथि आकासमा लिएर पुनः छाडिदिन्छ । यसरी उसलाई छाडी सकेपछि उसका पखेटा खुल्न थाल्दछ बच्चा चिल उडन थाल्छ तब उसको बच्चाहरुलाई उसले छाडी दिन्छ ।

चिल ३५ वर्षसम्म निकै आनन्दसँग उडछ, घुम्छ जब चील ३५ वर्षको पुग्न थाल्छ उसका पखेटाहरु उडन नसक्ने भएका हुन्छन् । उसको ठुँड बाक्लिएर शिकार गर्न नसक्ने जस्तो भएको हुन्छ । उसका खुट्टाले कसैलाई पनि समात्न नसक्ने हुन्छ । उ आफुलाई बुढो भएको जस्तो सम्झन्छ अनि उ पहाडको टुप्पोमा एउटा गुँडमा गएर बस्छ । मैलै मेरो घर नजिकै रहेको साजको रुखमा चिल धेरै समयसम्म सानो हुँदा बसेको देखेको थिएँ तर के कारणले बसेको भन्ने थाहा थिएन । १५० दिन वा ५ महिनासम्म गुँडबाट बाहिर निस्कँदैन । त्यतिबेला उसले आफ्नो बाक्लो ठुँडलाइ ढुङ्गा वा काठमा बेस्सरी ठोकीरहन्छ अनि उसको बाक्लो भएको ठोंड फुकाल्छ । उसको जब ठोंड तिखो हुन जान्छ उसका खुट्टाको काँचुलीहरुलाई पनि उप्काएर फाल्छ । जब उस्का ठोंड र खुट्टा तन्दुरुस्त हुन थाल्छ तब उसले पुराना पखेटाका प्वाँखहरु निकालेर फाल्दछ । पुरानो सबै प्वाँखहरु पmालिसकेपछि उसका नयाँ प्वाँखहरु आउन थाल्दछन तब उ तन्दुरुस्त भएको सम्झन्छ । यस्तो प्रक्रिया पुरा गर्न १५० दिन लाग्दछ । अनि पहिलेको जस्तै उ आकासमा उड्न थाल्दछ । चिलले देखाएको अनुपम धैर्यता यो भन्दा महत्वपुर्ण अरु हुन सक्दैन ।

माथि उल्लेख गरिएका दुइवटा चराहरु भिन्न भिन्न चरित्रका छन् । दुबै चरा मांसाहारी पनि हुन् । उनीहरुको चरित्र संदेशबाहक पनि छ । निर्मम पनि छ । चलाख पनि छ । धैर्यवान पनि छ । उक्त चरित्रलाई राज्य सत्ताले कसरी सिक्ने हो, त्यसबारेमा कहिलै मन्थन गरेको देखिएन । सत्ता आफु अनुकुलतालाई मात्र राम्रो ठान्ने अरुलाई गलत आँखाले हेर्ने बाहेक अरु भेटिएको छैन । पंक्षी र राज्य सत्ता वीच रहेका सोंच शैलीहरुलाई निम्न बुँदाहरुमा हेर्न सकिन्छ :

१.निर्ममता : कागको निर्ममताले उसलाई भुर्न वा भुरुरु उड्न पहल गरेका थिए । उनीहरुले उसलाई बचाउन चालिएको कदम थियो । उसलाई अरु कसैले आक्रमण नगरुन् भनेर उसको सुरक्षाकवच बनेर आइरहेका थिए । कागको अर्को रोचकता पनि के हो भने कागले एकपटक मात्र बच्चा जन्माउने कार्यमा संलग्न हुन्छ भनिन्छ । उ जन्मेकै सम्बन्धमा सबैले खुशियाली मनाएका पनि हुन् । भाले कागले आफनै पोथी कागसाग मात्र यौन सम्पर्क गर्दछ, त्यो पनि २–३ वर्षकोबीचमा मात्र ।

अर्कोतर्फ चिलले आफ्नै बच्चालाई आकाशको माथिसम्म उडेर आफनो बच्चालाई जुन प्रकारले छाडिदिएको हुन्छ उसको त्यतिबेलाको अबस्थालाई हेर्दा निर्ममता र निर्दयीको रुपमा देख्न सकिन्छ । उसलाई मार्नु उसको उद्देश्य होइन । उसलाई आफू आत्मनिर्भर बनोस् भन्ने पनि देखिन्छ । तर मैले कागको गुँडबाट कागको बच्चा निकालेर जसरी फालेको छु त्यो मेरो अल्पबुद्धि पनि थियो र कागलाई पर्याबरणीय दृष्टीकोणले पनि बुझेको थिइन । कागको बच्चो ठुलो भएर मेरो मकै खाइदिन्छ भन्ने मेरो अल्पबुद्धि नै हो भन्दा उपयुक्त हुन्छ । साथै कागले जस्तो शत्रु पक्षको आक्रमण एक भएर जान्छन् तर राज्यसत्ताले कागका धेरै चरित्र सिक्नु पर्दछ । यस किसिमको सिकाइभन्दा मेरो अल्पबुद्धि जस्तो बच्चा गुणबाट निकालेर फाल्ने जस्तो पाइन्छ ।

२. धैर्यता : चिल धेरै प्रकारका हुन्छन्, त्यसमध्ये पहाडमा पाइने चिलका बारेमा नै यहाँ प्रस्तुत गर्न खोजेको छुँ । चीलको आफ्नो जवानी आफै ल्याउनलाई उसको धैर्यता नै प्रमुख मानिन्छ । चील जब आफनो सिकार गर्न हिँडछ उसले अनवरत रुपमा आकाशमा रमाउने र आकाशको माथिबाट जमिनको अन्तर कुन्तरमा पनि उसको आहारा खोज्न सक्ने पंक्षी पनि हो । ३५ वर्ष पछि उसको शरीरमा आएको बुढौलोपनलाई उ आफैले नै बुझ्दछ । जब उ १५० दिनसम्म पनि उसले कुनै आहारा पानी खाना नपाइकन उसले जीवनलाई बिउँताउन ठोंड भाँच्ने, पखेटा उखेल्ने खुट्टाका छालालाई फेर्ने जस्ता कार्यहरुका लागि उसको धैर्यतालाई नै मान्न सकिन्छ । जब उ आफुलाई तन्दुरुस्त बनाउँछ फेरी आफुलाई पहिलेकोे स्थितिमा लैजान सक्दछ । हाम्रा भौतिक सुख समृद्धिलाई मात्र हेर्ने र समग्रतामा आफैले शासन गरेको राज्यसत्तालाई अजम्बरी ठान्ने प्रवृति मात्र छ, यसबाट राज्यसत्ताको धैर्यता नै गुमेको रुपमा पाइन्छ ।

३. संकट र अधिनायकत्व : हाम्रो धैर्यताको अवस्था कस्तो छ भन्ने सम्बन्धमा हाम्रो शाससकीय सत्ताले नै पहिचान गराउँदै आएको पाइन्छ । जब शासकहरु सत्तामा पुग्दछन तब निर्मम हुन्छन् । अधिनायकवादी नै हुने देखिन्छ ।

विश्वमा जनस्तरबाट गएका शासकहरु निरङकुश र अधिनायकवादी भएको धेरै उदाहरणहरु पनि पाइन्छ । रोमानियाका चाउचेस्कु जब राष्ट्रपति भए तब उनले आफ्नी श्रीमतीको जुत्ताहरु राख्नकै लागि छुट्टै घर बनाइदिएका थिए । चाउचेस्कु सामान्य जुत्ता सिलाउने घर परिवारका व्यक्ति थिए । निर्धाहरुको लागि अधिनायकवादी बन्नु गर्भिलो महशुष गर्ने परिपाटीले पनि यस किसिमको अवस्था श्रृजना गरेको देखिन्छ ।

निर्धाहरुलाई मार्नु आफ्नो बहादुरी ठान्ने पद्दती मैले कागको बच्चा गुणबाट निकालेर फालेको बिबेक जस्तै हो । मकैबाली नोक्सान गरेको निहुँमा उसका बच्चाहरुलाई मार्नु कदापी पनि शाहस हुन सक्दैनथ्यो ।

वर्तमान अवस्थामा देखिएको शासकीय शैली अधिनायकवादी र उदण्डता बाहेक अरु देखिएको छैन । आफनो सुरक्षाको लागि मात्र ध्यान दिने, आफु बाँच्नको लागि जस्तोसुकै राज्य दोहन पनि गर्ने तर तमाम नागरिकहरुप्रति उत्तरदायित्व बहन नगर्ने शासकीय सोंच र शैलीमा कसरी परिवर्तन होला ? शासकहरुको निर्ममता र नागरिकहरुको धैर्यता कहिलेसम्म हुने ? किन शासकहरु मानवीयता प्रदर्शन गर्दैनन् ?

Tags :
प्रतिक्रिया दिनुहोस