पंजाबमा कक्षा १० को बोर्ड परीक्षा रद्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पंजाबमा कक्षा १० को बोर्ड परीक्षा रद्द


२७ बैशाख २०७७, शनिबार


काठमाडौं । भारतको पंजाब राज्यले कक्षा १० को बोर्ड परीक्षा रद्द गर्ने भएको छ। पंजाबले कोरोना भाइरसको महामारीको कारण विद्यार्थीहरूलाई प्रि–बोर्ड परीक्षाको आधारमा कक्षा चढाउने घोषणा गरेको हो।

पंजाबका मुख्यमन्त्री अमरिन्द्र सिंहले भने, ‘पंजाब स्कूल शिक्षा बोर्ड अन्तर्गत कक्षा १० का विद्यार्थीहरूले कुनै बोर्ड परीक्षा दिनुपर्ने छैन। उनीहरू प्रि–बोर्ड परीक्षाको नतिजाको आधारमा पास हुनेछन्’

यसअघि गुजरात लगायत अन्य धेरै राज्यले कोरोना भाइरस प्रकोपका कारण विद्यार्थीहरूलाई कक्षा चढाउने निर्णय गरिसकेका छन्।

यसैबीच भारतको मानव संसाधन र विकास मन्त्रालयले यसअघि स्थगित भएको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गत कक्षा १० र १२ को परीक्षा जुलाईमा गर्ने निर्णय गरेको छ।

राज्य स्वास्थ्य विभागका अनुसार पंजाबमा कोरोनाका १ हजार ६ सय ९५ संक्रमित छन् भने २९ जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस